images
images

माछापुच्छ्रे बैंकको नाफा एक अर्ब रुपैयाँ, प्रति शेयर आम्दानी कति ?


  • 343
    SHARES
  • २०८१ बैशाख ७ गते शुक्रबार

    माछापुच्छ्रे बैंकको नाफा एक अर्ब रुपैयाँ, प्रति शेयर आम्दानी कति ?

    काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकले ८५ करोड ५४ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ रुपैयाँ नाफा कमाएको थियो।

    चैत मसान्तसम्म बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

    यस अवधिमा बैंकले कुल सञ्चालन आम्दानी ४ अर्ब ९० करोड रुपैयाँ, सञ्चालन नाफा १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

    चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकले १ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ र भने जगेडा कोष ४ अबृ ५४ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ४ पैसा रहेको छ।


    images
    images

    Logo