images
images

५२ प्रतिशतले घट्यो एनआईसी एशिया बैंक नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 531
    SHARES
  • २०८१ बैशाख ७ गते शुक्रबार

    ५२ प्रतिशतले घट्यो एनआईसी एशिया बैंक नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । एनआईसी एशिया बैंक नाफा ५२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    चैत मसान्तसम्म बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 

    यस अवधिमा बैंकले कुल सञ्चालन नाफा १० अर्ब ३० करोड रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १५ रुपैयाँ ४२ पैसा ऋणात्मक रहेको छ। 

    सो बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ। 

    बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २९ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.८५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४७ पैसा रहेको छ।

     

     


    images
    images

    Logo