images
images

३० प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?


  • 349
    SHARES
  • २०८१ बैशाख ३ गते सोमबार

    ३० प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

    काठमाडौं ।  आरएसडिसी लघुवित्तको नाफा ३०.३५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार ९ महिनासम्ममा लघुवित्तले ११ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।

    पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १८ करोड ५१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २१ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ।

    चैत मसान्तसम्ममा लघुवित्तको प्रति शेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ६४ पैसा बढी हो। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.१ गुणा रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर नेटवर्थ १२४ रुपेयाँ ६९ पैसा रहेको छ।

    गत आर्थिक वर्षको मुनाफाबाट ८.।६० प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोषमा २३ करोड ३१ लाख रुपैयाँ सञ्चित छ। 


    images
    images

    Logo