images
images

२४ अर्ब ७० करोडको ट्रेजरी विल बोलकबोल गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


  • 341
    SHARES
  • २०८१ बैशाख २ गते आइतबार

    २४ अर्ब ७० करोडको ट्रेजरी विल बोलकबोल गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

    काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैशाख ४ गते मंगलबार जारी गर्नेगरी कार्यालयले २८ दिने, ८१ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्ने र यो ट्रेजरी जेठ १ गते परिपक्व हुनेछ । यसैगरी ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने र यो ट्रेजरी साउन १ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने र यो ट्रेजरी असोज २९ गते परिपक्व हुनेछ ।

    साथै, ३६४ वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख २ गते परिपक्व हुनेछ । प्राप्त निवेदनहरूका आधारमा ट्रेजरीको बोलकबोल आजै हुने कार्यालयले जनाएको छ । 

    ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

    सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।


    images
    images

    Logo