काठमाडौं । ८ महिनाको अवधिमा राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले ३ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चाल आर्थिक बर्षको ८ महिनासम्ममा ८ वटा विकास बैंकहरुले ३ अर्ब ३४ करोड ८८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
जसमा हालसम्म सञ्चालनमा रहेका १७ वटा विकास बैंकले ३ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका हुन् । यसरी धेरै नाफा आर्जन गर्नेहरुमा शिर्ष स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकले यो अवधिमा ६५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, गरिमा विकास बैंकले ६५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ५२ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, महालक्ष्मी विकास बैङ्कले ४० करोड ७ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ भने कामना सेवाले ३८ करोड १५ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, , लुम्बिनी विकास बैङ्कले २७ करोड ९७ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ भने गरिमा विकास बैङ्कले २५ करोड ७७ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । साङग्रिला डेभलपमेन्ट बैङ्कले २१ करोड ४९ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।



