images
images

८ महिनामा वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब ३० करोड, कुन बैंकको कति ?


  • 401
    SHARES
  • २०८० चैत्र २८ गते बुधबार

    ८ महिनामा वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब ३० करोड, कुन बैंकको कति ?

    काठमाडौं । ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्षको फागुन मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड खुद नाफा आर्जन गरेका हुन् । 

    गत माघ मसान्तसम्मको तुलनामा ६ अर्ब १८ करोड ५० लाख रुपैयाँ बढी हो ।चालु आवको सात महिनामा बैङ्कले कुल ३५ अर्ब ४९ करोड २० लाख रुपैयाँ नाफा कमाएका थिए । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा नाफा कमाउने वाणिज्य बैंकहरुमध्ये सबैभन्दा शीर्ष स्थानमा नबिल बैंक रहेको छ ।  नबिलले ४ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ । 

    त्यस्तै, ग्लोबल आइएमई बैङ्कले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।  राष्ट्रिय वाणिज्यले आठ महिनामा २ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । 

    प्राइमले २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ  नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा एनआइसी एसिया बैङ्कले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैङ्कले २ अर्ब २९ करोड ३४ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् । 

    यस्तै, कृषि विकास बैङ्कले १ अर्ब ९७ करोड ६७ लाख, हिमालयन बैङ्कले १ अर्ब ९४ करोड ८३ लाख, एनएमबिले १ अर्ब ९२ करोड ५२ लाख, लक्ष्मी सनराइजले १ अर्ब ८२ करोड ६ लाख, सिद्धार्थले १ अर्ब ६९ करोड ६५ लाख र सानिमा बैङ्कले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन् । 

    यता, प्रभु बैङ्कले १ अर्ब ५१ करोड ४५ लाख, कुमारीले १ अर्ब ४२ करोड ४६ लाख, नेपाल बैङ्कले १ अर्ब २८ करोड २९ लाख, सिटिजनले १ अर्ब २२ करोड ६५ लाख, माछापुच्छ्रेले १ अर्ब १६ करोड ४८ लाख र नेपाल एसबिआईले १ अर्ब ८० लाख रुपैयाँ नाफा कमाएका छन् । 

    कुन बैंकको नाफा कति ?

    नबिल बैंक : ४ अर्ब ७२ करोड
    ग्लोबल आइएमई बैंक : ३ अर्ब ४३ करोड
    राष्ट्रिय वाणिज्य बैंक : २ अर्ब ८७ करोड
    प्राइम कमर्सियल बैंक : १ अर्ब ९९ करोड 
    एनआईसी एशिया बैंक : २ अर्ब ५४ करोड
    एभरेष्ट बैंक : २ अर्ब २९
    स्ट्याण्डर्ड चार्टर्ड बैंक : २ अर्ब ८ करोड 
    कृषि विकास बैंक : १ अर्ब ९७ करोड
    हिमालयन बैङ्क  :१ अर्ब ९४ करोड
    एनएमबि बैंक : १ अर्ब ९२ करोड
    लक्ष्मी सनराइज बैंक ; १ अर्ब ८२ करोड
    सिद्धार्थ बैक : १ अर्ब ६९ करोड
    सानिमा बैंक : १ अर्ब ६६ करोड
    प्रभु बैङ्क : १ अर्ब ५१ करोड
    कुमारी बैंक : १ अर्ब ४२ करोड
    नेपाल बैंक :१ अर्ब २८ करोड
    सिटिजन बैंक : १ अर्ब २२ करोड
    माछापुच्छ्रे बैंक : १ अर्ब १६ करोड 
    नेपाल एसबिआई बैंक : १ अर्ब ८० लाख

     


    images
    images

    Logo