images
images

दुई लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर


  • 383
    SHARES
  • २०८० चैत्र २० गते मंगलबार

    दुई लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

    काठमाडौं । दुई लघुवित्तले मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आइतबार जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

    यी दुई संस्थाबीच गत साउन ९ गते मंगलबार मर्जरको प्रारम्भिक सम्झौता भएको थियो।  यी दुई कम्पनी १ः०.८८३४  को अनुपातमा मर्जरमा जान लागेका हुन ।

    मर्जर पश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ कित्ता शेयर प्राप्त गर्दा किसान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले ०.८८३४ कित्ता शेयर प्राप्त गर्ने गरी शेयर स्वाप अनुपातमा कायम हुनेछ । 

    हाल जाल्पाको चुक्ता पुँजी १८ करोड २८ लाख रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ ।  जाल्पाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।

    jalpa.jpg

     

    kisan.jpg


    images
    images

    Logo