images
images

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल निर्माण, २१ करोड ६८ लाख लागत


  • 372
    SHARES
  • २०८० चैत्र १४ गते बुधबार

    तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल निर्माण, २१ करोड ६८ लाख लागत

    काठमाडौं । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण  भएको छ । 

    तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताएका छन् । 

    पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । 

    उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए ।  २०७१ साल कात्तिक २० गते पुल निर्माण थालिएको थियो । 


    images
    images

    Logo