काठमाडौं । काबेली हाइड्रोपावर कम्पनीले तावाखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । ७.१० मेगावाट क्षमताको उक्त आयोजना निर्माणसम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार भइ निर्माणको प्रकृया अघि बढेको हो ।
डीपीआर र ईआईए सकिएसँगै विद्युत् विकास विभागले आयोजनाको सम्बन्धमा कुनै गुनासो भए उजुरी गर्न स्थानीय बासीका नाममा ३५ दिने सूचना जारी गरेको छ । यो अवधि समाप्त भइ प्राप्त उजुरी उपर कारवाही भएसँगै आयोजनासम्बन्धी सबै पूर्वकार्यहरु पूरा हुनेछन् ।
काबेलीले उक्त आयोजना निर्माणकाे कार्य ३ वर्षभित्रमा सक्ने प्रस्ताव गरेकाे छ । उक्त आयोजनाबाट वार्षिक ४२.०५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ ।