images
images

पिपुल्स हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, साधारणसभा आह्वान


  • 458
    SHARES
  • २०८० चैत्र ८ गते बिहीबार

    पिपुल्स हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, साधारणसभा आह्वान

    काठमाडौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको चैत्र ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको २ः१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो  ।

    हाइड्रोपावरले चैत ३० गते, शुक्रबार, क्यालिटि बैंकेट, बुद्धनगर, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

    म्पनीले प्रवर्द्धन गरेको सुपर दोर्दी जलविद्युत आयोजना 'ख' मो बैंकबाट लिइएको ऋण तिर्ने तथा कम्पनीबाट प्रवर्द्धन गरिएको हिमचुली दोर्दी जलविद्युत आयोजना ५७ मे.वा.को निर्माणमा लगानी गर्न कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। 

    कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि तथा नियामक निकायले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । 


    images
    images

    Logo