images
images

नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै साता सञ्चालनमा आउने


  • 373
    SHARES
  • २०८० चैत्र ६ गते मंगलबार

    नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै साता सञ्चालनमा आउने

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । 

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ । उनले भने “आज र भोलि कालोपत्र सकिन्छ । पर्सीबाट पुल सञ्चालनको तयारी गरेका छौँ ।”

    हाल भित्तो काटेर झारिएको तुइन पुलको जग निर्माण भइरहेको छ । मुग्लिन नजिकको खरहे पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । यो पुलको पहुँच सडकमा ‘वाल’ उठाएर कालोपत्र र रङरोगको काम बाँकी छ । उनका अनुसार छ महिनाभित्रमा यी दुवै पुल सम्पन्न हुनेछन् ।

    काली र नाम्ची दुई वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको बताए । यी पुलको पहुँचमार्गमा नाला, कालोपत्र र रङरोगनको काम मात्रै बाँकी रहेको आचार्यले जानकारी दिए ।
     
    उनका अनुसार यसअघि सो सडकखण्डमा १२ वटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डमा कूल १९ पुल छन् । तीमध्ये चार वटा पहिले नै निर्माण भएका थिए । 

    यस सडकखण्डमा २०७६ साल चैतदेखि विश्व बैंकको सहयोगमा १५ वटा पुल निर्माण थालिएको थिए । सडक चौडा भएपछि पुल निर्माण गरिएको हो । सडक विस्तार गरी नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । राजधानी प्रवेशको ‘लाइफलाइन’का  रुपमा यो सडकलाई लिने गरिन्छ ।


    images
    images

    Logo