images
images

गुल्मीमा ४ पुलको निर्माण सुस्त


  • 427
    SHARES
  • २०८० चैत्र ४ गते आइतबार

    गुल्मीमा ४ पुलको निर्माण सुस्त

    गुल्मी । गुल्मीमा चार पक्की पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । सम्झौता बमोजिम तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन ।

    हुलाके, धनार्जी, घमिर र फूलबारीमा पक्की पुल निर्माणाधीन अवस्थामा छन् । तम्घास–सिमलटारी सडक खण्डअन्र्तगतका ती पक्की पुल समयमै निर्माण नहुँदा यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । सडक कालोपत्र भएको चार वर्ष वितिसक्दा पनि खोलामा पक्की पुल निर्माण हुन सकेका छैनन् ।

    तम्घास‐सिमलटारी सडक खण्डअन्तर्गत हुलाके, धनार्जी, फूलबारी र घमिरका खोलामा पुल नहुँदा वर्खामा सवारीसाधान सञ्चालन गर्न समस्या भएको छ । पैदलयात्रुले पनि समस्या भोग्दै आएका छन् । तम्घास–सिमलटारी सडक खण्डका चार स्थानका पुल नबन्दा वर्खामा सवारीसाधन बीच बाटोमै थन्किने गर्छन् ।

    सङ्घीय सरकारको सहयोगमा धनार्जीमा सात करोड ४८ हजार र हुलाके खोलामा पाँच करोड ७९ लाख ५३ हजारको लागतमा पुल निर्माण थालिएको हो । त्यसैगरी घमिर खोलामा तीन करोड १३ लाख र फूलबारी खोलामा तीन करोड ३२ लाख रुपैयाँको लागतमा पुल निर्माण कार्य अघि बढेको हो ।

    मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी, पुर्कोटहुँदै प्यूठानसम्म जोडने उक्त सडकमा १९ करोडभन्दा बढीको लागतमा चार पुल निर्माणाधीन अवस्थामा छन् । पुल निर्माणका लागि घमिर र फूलबारीमा पन्त निर्माण सेवा तथा हुलाके र धनार्जी खोलामा सुनिल समीर निर्माण सेवा प्रालीले निर्माणको जिम्मा लिएका छन् ।

    मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका प्रमुख इञ्जिनीयर युवराज पोखरेलले आगामी वर्ष असारसम्म चारवटै पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।

     

     


    images
    images

    Logo