images
images

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 352
    SHARES
  • २०८० चैत्र १ गते बिहीबार

    साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले साधारण सभा बोलाएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत २३ गते, शुक्रबार, त्रिभूवन आर्मी अफिसर्स क्लब, भद्रकालि, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले ऋण सुविधा लिने, लेखापरीक्ष नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo