images
images

पाथिभरा केबलकारकाे निर्माण छिटाे अघि बढाउन ताप्लेजुङका सबै राजनीतिक दलकाे आग्रह


  • 484
    SHARES
  • २०८० फाल्गुण २६ गते शनिबार

    पाथिभरा केबलकारकाे निर्माण छिटाे अघि बढाउन ताप्लेजुङका सबै राजनीतिक दलकाे आग्रह

    काठमाडौं । पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथिभरामा केबलकार छिटाे बनाउन ताप्लेजुङका सबै राजनीतिक दलले अनुरोध गरेका छन् । जिल्ला प्रशासन कार्यालयले संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच गराएको छलफलपछि आ-आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै सबै दलले केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै अघि बढ्ने निर्णय गरेका हुन् ।

    फुङलिङ नगरपालिका-११ फावाखोलामा निर्माण हुने भनिएको उक्त केवलकार स्थानीय सरोकारवालाको अवरोधका कारण निर्माण हुन नसकेको ठहर गर्दै दलहरुले सबै एकजुट भएर निर्माण प्रकृया अघि बढाउन पहल गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् ।

    वैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिहरूले केवलकारले जिल्लाको सर्वाङ्गीण विकास, रोजगारी र पहिचानसंङ्ग जोडिएकाले यसको निर्माणको काम तत्कालै अघि बढाउन आवस्यक वातावरण निर्माण गर्न यथासक्य कोसिस गर्ने बताएका थिए । साथै, आफ्नो क्षेत्रको विकास निर्माणको कामका लागि वैचारिक मतभेद नराखी सबै दलका प्रतिनिधि एकजुट भएर लाग्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए । 

    वैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडा र उपसचिव मणि संकर पोमु, माओवादी केन्द्रका केन्द्रिय सदस्य खेलप्रसाद बुढाथोकी, जसपा अध्यक्ष कीर्तिमान मादेन, रास्वपाका दावा शेर्पा लगायतको सहभागी रहेको थियो । 

    पाथिभरा केवलकार प्रालिले केवलकार निर्माणका लागि अध्ययन लगायतका सम्पूर्ण प्रक्रिया पूरा फरि निर्माणको चरणमा पुगिसकेको बताएको छ । आईएमई समूहको अगुवाईमा ताप्लेजुङ जिल्लाको फुङलिङ ११ काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माण गर्ने योजना रहेको छ । 

    ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।


    images
    images

    Logo