images
images

काठमाडौं–हेटौंडा जोड्ने सबैभन्दा छोटो बाटो बुधबारदेखि खुल्ने


  • 1.7K
    SHARES
  • २०८० फाल्गुण १५ गते मंगलबार

    काठमाडौं–हेटौंडा जोड्ने सबैभन्दा छोटो बाटो बुधबारदेखि खुल्ने

    काठमाडौं । स्तरोन्नतिका लागि दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडकखण्ड बुधबारदेखि सुचारु हुने भएको छ । मंगलबार इन्द्रसरोवर गाउँपालिकाले सूचना जारी गर्दै सडकखण्ड सुचारु हुने जानकारी गराएको हो ।

    बन्द सडकखण्ड बुधबारबाट सुचारु गर्न लागेको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड प्रदेश राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्ग हो ।

    यस सडकखण्डको मकवानपुर र काठमाडौं दुवैतर्फ स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नतिका लागि गत पुस १६ गतेदेखि कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्डको मकवानपुरतर्फको कुलेखानी–फाखेल–हुमानेभञ्ज्याङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको थियो ।


    images
    images

    Logo