images
images

तोकिएको भन्दा एक वर्ष अगाडि नै नेपालगन्ज–गुलरिया सडक विस्तार पूरा हुने


  • 553
    SHARES
  • २०८० फाल्गुण ९ गते बुधबार

    तोकिएको भन्दा एक वर्ष अगाडि नै नेपालगन्ज–गुलरिया सडक विस्तार पूरा हुने

    काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडकखण्ड बिस्तारको काम निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ । ११.६ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो सडक बिस्तार कार्य २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण कार्य सुरु भएको हो ।

    एक वर्षको अवधिमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरी काम गरिरहेकाेबारे उनले बताए । भौतिक प्रगतिको आधा २७ प्रतिशत मात्र काम भुक्तानी दिन सकिएको भण्डारीको भनाइ छ । निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेस गरेको ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ । 

    निर्माण कम्पनीले यसवर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्नेगरी काम अघि बढाइएको जनाएको छ । शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको हो ।


    images
    images

    Logo