images
images

तीन वर्षपछि नेपालको बजेट २४ खर्ब पुग्ने


  • 513
    SHARES
  • २०८० फाल्गुण ९ गते बुधबार

    तीन वर्षपछि नेपालको बजेट २४ खर्ब पुग्ने

    काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी तीन आर्थिक वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको छ । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष २०८१/८२, ८२/८३ र ८३/८४ को राष्ट्रिय स्रोत अनुमान तथा खर्चको सीमा निर्धारण गरेको हो ।

    आयोगले राष्ट्रिय योजना आयोगले संवैधानिक निकाय, विषय क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा सङ्घीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरूका लागि आगामी तीन आर्थिक वर्षको खर्चको सीमा तथा स्रोतसँगै मध्यमकालीन खर्च संरचनाको खाका तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन र ढाँचा नै तयार गरेको हो । 

    समितिले आगामी तीन आर्थिक वर्ष २०८१/८२, ८२/८३ र ८३/८४ को आर्थिक वृद्धिदर क्रमशः ६ प्रतिशत, ६.५ प्रतिशत र ७ प्रतिशत रहने अनुमान गरेको छ । यी तीनै आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अपेक्षा समितिले गरेको छ ।

    1.png

    2.png

    3.png

    4.png


    images
    images

    Logo