images
images

६ महिनामा ५८ करोड रुपैयाँभन्दा बढीको यार्चागुम्बा निर्यात


  • 443
    SHARES
  • २०८० माघ ९ गते मंगलबार

    ६ महिनामा ५८ करोड रुपैयाँभन्दा बढीको यार्चागुम्बा निर्यात

    काठमाडौं । चालु आर्थिक वर्षको पुससम्ममा ५८ करोड रुपैयाँभन्दा बढीको हिमाली क्षेत्रमा पाइने जडिबुटी‘यार्चागुम्बा’ निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार पुससम्ममा ५८ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरमा १ हजार १६९ केजी यार्चागुम्बा नेपालबाट निर्यात भएको हो । 

    भन्सार विभागका अनुसार कम्बोडिया, चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनाममा निर्यात भएको छ । सबैभन्दा धेरै चीनमा ५२७ किलो यार्चागुम्बा निर्यात भएको छ । त्यस्तै, हङकङ र भियतनाममा क्रमशः ३९५ किलो र १३२ किलो यार्चा निर्यात भएको छ । 

    गत आर्थिक वर्षको तुलनामा यार्चागुम्बाको आयात १३५.६८ प्रतिशतले बढेको छ । २०७९/८० मा ३० करोड ३७ लाख रुपैयाँ बराबर रकममा ४९६ किलो यार्चागुम्बा आयात भएको थियो । सो वर्षको पुससम्ममा हङकङमा सर्वाधिक – २०६ किलो, कम्बोडियामा १६३ किलो र भियतनाममा ८१ किलो यार्चागुम्बा निर्यात भएको थियो । 

    वैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा संकलन हुने यार्चागुम्बा नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये एक हो । 


    images
    images

    Logo