images
images

स्थानीय तहका कर्मचारीको समस्याबारे ट्रेड युनियनको छलफल


  • 438
    SHARES
  • २०७८ भाद्र ५ गते शनिबार

    स्थानीय तहका कर्मचारीको समस्याबारे ट्रेड युनियनको छलफल

    काठमाडौं । देशभरका स्थानीय तहमा कार्यरत  कर्मचारीहरुको पेशागत  माग र मुद्दाहरुका सम्बन्धमा स्थानीय तहमा क्रियाशील ट्रेड युनियन संगठनको बैठक सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा उक्त बैठक सम्पन्न भएको हो ।  

    बैठकमा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष नरबहादुर साउद, नेपाल नगरपालिका कर्मचारी एसोसियसनका तर्फबाट कार्यदल संयोजक नारायणप्रसाद तिमिल्सिना, स्थानीय तह कर्मचारी संघको तर्फबाट गोपालप्रसाद पोखरेल, स्थानीय तह कर्मचारी युनियनका वाग्मती प्रदेश संयोजक शिवजी भट्टराईले बैठकमा आआफ्नो धारणा राखेका थिए । उनीहरुले स्थानीय तहमा कार्यरत कर्मचारीको माग र मुद्दाका बारेमा सरकारले सुनुवाई गर्नुपर्ने कर्मचारी मिलान सम्बन्धी मापदण्ड तत्काल कार्यान्वयमा ल्याउन आग्रह गरे ।

    निकट भविष्यमा स्थानीय तहका ट्रेड युनियनहरुको संयुक्त बैठकमार्फत् साझा धारणा   निर्माण गरी अगाडि बढ्दै जाने निर्णय बैठकले गरेको छ । नेपाल नगरपालिका कर्मचारी  एशोसियशनका  कार्यदलका संयोजक नारायणप्रसाद तिमिल्सिनाको संंगठनको बिशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषदको कार्यसूची परेर समेत पारित हुन बाँकी रहेको कर्मचारीको समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ स्वीकृतिका लागि तदारुकता साथ संयुक्तरूपमा थप पहल गर्नुपर्ने बताए । 

    बैठकमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राज वैद्यले स्थानीय तहका कर्मचारीको हकहितका लागि आफ्नो तर्फबाट सबै प्रकारको सहयोग हुने बताए ।


    images
    images

    Logo