images
images

मंसिरमा मात्रै भित्रियो १ खर्ब ३५ अर्ब रेमिट्यान्स


  • 386
    SHARES
  • २०८० पौष २६ गते बिहीबार

    मंसिरमा मात्रै भित्रियो १ खर्ब ३५ अर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा मात्रै नेपालमा १ खर्ब ३५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार मंसिर महिनामा सो बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । 

    आर्थिक वर्ष २०८०÷८१ को मंसिर महिनासम्मा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो ।

    मंसिरसम्ममा आइपुग्दा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो । 

    २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई २०८० मंसिर मसान्तमा १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । 


    images
    images

    Logo