images
images

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


  • 450
    SHARES
  • २०८० पौष २५ गते बुधबार

    नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा रहेको ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि उक्त प्रक्षेपण गरेको हो ।

    गत आर्थिक वर्ष २०२२/२३ मा नेपालले १.९ प्रतिशत आर्थिक वृद्धि हाँसिल गरेको थियो । 

    दक्षिण एसियामा भारतले सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ । भारतले ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । भारतपछि बङ्गलादेशको आर्थिक वृद्धि दक्षिण एशियामा धेरै रहने विश्व बैंकको प्रक्षेपण छ । सो देशले ५.८ प्रतिशतको वृद्धि हासिल गर्ने प्रैक्षेपण गरिएको छ । 

    तेस्रो स्थानमा मालदिभ्स रहने छ । माल्दिभ्सले ५.५ प्रतिशत वृद्धिदर भेट्टाउने विश्व बैंकको प्रक्षेपण छ । त्यसपछिको स्थानमा भने नेपाल रहने विश्व बैंकले जनाएको छ ।

    यस्तै, भुटानले ४.६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दा पाकिस्तान र श्रीलंकाले समान २.४ प्रतिशते वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ ।


    images
    images

    Logo