images
images

बाक्लो हुस्सुका कारण तराईका चार विमानस्थलमा उडान प्रभावित


  • 532
    SHARES
  • २०८० पौष १४ गते शनिबार

    बाक्लो हुस्सुका कारण तराईका चार विमानस्थलमा उडान प्रभावित

    काठमाडौं । प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ ।

    तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु/कुहिरोका कारण तराईका विमानस्थलहरु सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको हो । ती चार विमानस्थलमा आज पनि कुनै उडान भएनन् ।  भैरहवा विमानस्थलमा हिजो शुक्रबार पनि कुनै आन्तरिक उडान भएन । 

    शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए । विशेषगरी हिउँदमा तराईका विमानस्थलमा  बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ ।


    images
    images

    Logo