images
images

पानी जहाजमा आवेदन दिएका सबैका लागि आवेदन दिन ३ दिनको समय, अरुले फारम भर्न नपाउने


  • 474
    SHARES
  • २०८० पौष १४ गते शनिबार

    पानी जहाजमा आवेदन दिएका सबैका लागि आवेदन दिन ३ दिनको समय, अरुले फारम भर्न नपाउने

    काठमाडौं ।  पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ ।

    पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका सुरज पाठकसहित १८ जना परीक्षार्थीले उत्पादन क्षेत्रमा पनि आवेदन फाराम भर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि विभागका नाममा ‘निवेदकको माग बमोजिम गर्न’ उक्त अदालतले विभागका नाममा आदेश जारी गरेसँगै परीक्षार्थीलाई दुवै क्षेत्रमा काम गर्न भाषा परीक्षामा सहभागी गराउने निर्णय विभागले गरेको हो । 

    विभागले पानी जहाजभन्दा बाहेकका व्यक्तिले फारम भर्न नपाइने जनाएको छ । यसअघि उच्च अदालतले रिट निवेदन दिने १८ जनाको हकमा फाराम भर्न आदेश दिएको र ईपीएस शाखाले त्यसैअनुसार १८ जनाको लागि मात्रै आवेदन खुलाएपछि अरु परीक्षार्थीले विरोध थिए ।

    eps korea.jpg

     


    images
    images

    Logo