images
images

नेपाल–ल्हासा सिधा हवाई उडान सुरु


  • 414
    SHARES
  • २०८० पौष १२ गते बिहीबार

    नेपाल–ल्हासा सिधा हवाई उडान सुरु

    काठमाडौं । नेपाल–ल्हासा सिधा हवाई उडान आजदेखि फेरि शुरु भएको छ । हिमालयन एअरलाइन्सले आजदेखि काठमाडाैंबाट ल्हासा नियमित उडान शुरु गरेको हो ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाण्डौ–ल्हासा उडानको उद्घाटन गरे । उनले चीन र नेपालको सम्बन्धमा नेपाल–ल्हासा सिधा हवाई उडान महत्त्वपूर्ण हुने बताए । सिधा उडानबाट पर्यटनसँगै निर्यात प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

    कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङपछि ल्हासामा समेत गरेर अब ६ गन्तव्यमा उडान हुन थालेको हो । यसअघि कोरोना महामारीले रोकिएको काठमाडौं–ल्हासा सिधा उडानलाई खुला गर्न नेपालले चिनियाँ पक्षसँग माग गरेको थियो ।

    गएको चैत १५ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ सेवा पुनः सञ्चालनका लागि प्रस्ताव गरेको थियो।


    images
    images

    Logo