images
images

पोखराको प्याराग्लाइडिङ उडान बन्द 


  • 583
    SHARES
  • २०८० पौष ११ गते बुधबार

    पोखराको प्याराग्लाइडिङ उडान बन्द 

    पोखरा । प्याराग्लाइडिङ कम्पनीहरु बीचको किचलोले १३ दिनदेखि पोखरामा प्‍याराग्लाइडिङ सेवा बन्द छ।  प्रचलित शुल्कमा मनलाग्दी थपेर वा घटाएर उडाउन थालेपछि कम्पनीहरुबीच मतमतान्तर बढ्दा मंसिर २७ देखि उडान बन्द भएको हो ।

    नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले मङ्सिर २७ गते कम्पनीहरूले आफैँ उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय गरेको थियो । त्यसयता पाइलटले प्याराग्लाइडिङ उडाएका छैनन् । कम्पनीबिच असमझदारी भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत समझदारी नगरी उडान नगर्न पत्राचार गरेको छ । 

    यसअघि एकद्वार प्रणालीबाट बुकिङ र उडान भइरहेकोमा २१ कम्पनीले त्यसलाई खुला गर्न निवेदन दिएका थिए । बाँकी कम्पनी एकद्वार प्रणालीमा उडान गर्नुपर्ने पक्षमा हुँदा उडान रोकिएको हो । पोखरामा ५२ प्याराग्लाइडिङ कम्पनीले काम गरिरहेका छन् । ती कम्पनीमा एक अर्ब रुपैयाँ हाराहारी लगानी छ । पोखरामा अहिले प्याराग्लाइडिङका लागि १२ हजार रुपियाँ शुल्क तिर्नु पर्छ । 

    खुल्ला प्रणालीमा बुकिङ र उडान भएपछि आफूहरूको पारिश्रमिक घट्न सक्ने पाइलटको चिन्ता छ ।


    images
    images

    Logo