काठमाडौं । कैलास एअरको एउटा हेलिकप्टर सोलुखुम्बुको स्याङ्बोचे विमानस्थलमा ग्राउण्डेड भएको छ । इन्जिनमा खराबी आएकाले हेलिकप्टर करिब दुई हप्तादेखि ग्राउन्डेड भएको कैलास एअरले जनाएको छ ।
सिलिङ उडानमा रहेको कैलासको नाइन एन–एएमटी हेलिकप्टर स्याङ्बोचे विमानस्थलमा ग्राउण्डेड भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेशकुमार पन्थीले बताए । इन्जिनमा खराबी आएको र त्यसको पार्टपुर्जा नपाएका कारण हेलिकप्टर रोकेर राख्नु परेको जवाफ कम्पनीले दिएको प्रमुख पन्थीले बताए ।
हेलिकप्टर खुम्बु क्षेत्रमा खाद्यान्न तथा अन्य सामग्रीहरु ढुवानीका लागि प्रयोग हुँदै आएको छ।