images
images

कात्तिकमा घट्यो मुद्रास्फीति


  • 420
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    कात्तिकमा घट्यो मुद्रास्फीति

    काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा मुद्रास्फीति घटेको छ । आर्थिक वर्ष २०७९÷८० को कात्तिक महिनामा ८.०८ प्रतिशत रहेको उक्त दर यस कात्तिकमा ५.३८ प्रतिशत मात्रै रहेको हो ।

    २०८०/८१ को कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । 

    यस आर्थिक वर्षको चौथो महिनामा हिमाली क्षेत्रमा मुद्रास्फीति सर्वाधिक रहेको छ । अघिल्लो कात्तिकमा ६.६८ प्रतिशत रहेको उक्त दर यस कात्तिकमा ८.७९ प्रतिशत पुगेको छ । सो अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत र पहाडको ६.०७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत र ८.०३ प्रतिशत रहेको थियो ।


    images
    images

    Logo