images
images

हर्क साम्पाङले विराटनगर एयरपोर्ट ६ महिना बन्द हुन्छ भनेपछि...


  • 542
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    हर्क साम्पाङले  विराटनगर एयरपोर्ट ६ महिना बन्द हुन्छ भनेपछि...

    काठमाडौं नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी धरान उपमहानगरपालिकाका मेयर हर्कसाम्पाङबीच भनाभन भएको बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको कार्यकक्षमा भएको छलफलमा यस्तो विवादको अवस्था सिर्जना भएको हो

    धरानमा विमानस्थल बनाउन भनेर अधिग्रहण गरिएको जग्गा तथा धरानमा एयरपोर्टको सम्भाव्यताबारे अध्ययनको विषयमा छलफलगर्न साम्पाङ मन्त्री किराँतीसँग छलफलका लागि गएका थिए उक्त छलफलमा नियामक संस्थाको रुपमा महानिर्देशकअधिकारीलाई बोलाइएको थियो

    छलफलका क्रममा अधिकारीले सरकारको हवाई नीतिका कारण प्रक्रिया अगाडी बढाउन नसकिने बताएका थिए त्यसपछिआक्रोशित मेयर साम्पाङले विराटनगर एयरपोर्ट महिना सञ्चालन नहुने गरेको आरोप लगाए

    विराटनगर एयरपोर्ट महिना डुबानमा पर्छ, महिना हुस्सु लाग्छ, त्यस्तो ठाउँमा एयरपोर्ट बनाउने कस्तो मुर्ख हो भन्दै प्रश्न गरेका थिए जवाफमा अधिकारीले विराटनगर एयरपोर्ट गत एक वर्षमा एक दिन पनि बन्द नभएको बताएका थिए

    अधिकारीले यसो भनेपछि साम्पाङले हामीलाई थाहा हुँदैन कहिले चल्छ कहिले बन्द हुन्छ ? भन्दै आक्रोश पोखेका थिए त्यसपछिअधिकारीले पनि मेरो कार्यक्षेत्रको एयरपोर्ट कहिले खुल्छ कहिले बन्द हुन्छ मलाई थाहा हुँदैन ? भन्दै जवाफ फर्काए 

    विवादलाई साम्य पार्न मन्त्री किराँतीले हस्तक्षेप गरेका थिए उनले हवाई नीति फेर्दा टोलटोलमै एयरपोर्टको माग आउनसक्ने भएकोलेत्यसलाई विचार पुर्याएर मात्रै परिवर्तन गर्नुपर्ने बताए त्यस्तै कतिपय एयरपोर्ट उद्घाटन गरेर बन्द गर्नुपर्ने अवस्थामा धरानमा एयरपोर्टबनाउनेबारे आफ्नो भावनात्मक समर्थन रहेको बताए

    साम्पाङको निरन्तर दबाबपछि मन्त्री किराँतीले उक्त एयरपोर्टको सम्भाव्यता अध्ययनका लागि समिति बनाएका छन् तर, धरानविराटनगरबाट ४० मिनेटमै पुग्न सकिने भएकोले यहाँ एयरपोर्ट बनाउन आवश्यक नभएको तर्क समेत हुँदै आएको


    images
    images

    Logo