काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता भएको छ ।
मंगलबार बिहान ८ः३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न सकेको थिएन ।
जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९ः४८ बजे उक्त जहाज अवतरण भएको विमानस्थलले जनाएको छ ।
प्रधानमन्त्री दाहाल भने काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबासतर्फ गइसकेका छन् । प्रधानमन्त्री त्यहाँबाट जनकपुर जाने तयारी छ ।