मुगु । नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड भएको छ । नेपालगन्जबाट रारा विमानस्थल पुगेको नेपाल एयरलाइन्सको नाइन एनएबियु कल साइन भएको विमान ग्राउण्डेड भएको हो ।
तीन यात्रु बोकेर आइतबार बिहान ११ बजे विमानस्थल पुगेको जहाज नेपालगन्ज फर्कने बेलामा ब्याट्रीमा समस्या देखिएको थियो । जहाजमा समस्या आएपछि नेपालगंजबाट इन्जिनियर झिकाएर चेकजाँच गरिएको थियो ।
नेपालगंजबाट ब्याट्री ल्याएपछि १३ जना यात्रुसहित जहाज सोमबार नेपालगन्ज उडान भर्ने नेपाल एयरलाइन्स रारा विमानस्थलका नेत्र भामले जानकारी दिए । उक्त एयरलाइन्सबाट नेपालगन्ज जाने १३ जना यात्रुहरू रारा विमानस्थलस्थित होटलमा बसेका छन् ।