images
images

अपाङ्गता भएका व्यक्तिलाई नेपाल एयरलाइन्सले आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने


  • 413
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    अपाङ्गता भएका व्यक्तिलाई नेपाल एयरलाइन्सले आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने

    काठमाडौं । नेपाल वायुसेवा निगमले अपाङ्गता भएका व्यक्तिलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । निगमले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर डिसेम्बर ३ अर्थात् आजैबाट लागू हुने गरी यो व्यवस्था गरेको हो ।

    निगमले परिचय पत्रका आधारमा हरेक आन्तरिक उडानमा दुई जनालाई ५० प्रतिशत छुट दिने निर्णय गरेकाे ५ । ‘आज ३ डिसेम्बर, २०२३ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आजैको दिनदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरूको लागि निगमको हरेक आन्तरिक उडानमा दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको ब्यहोरा जानकारी गराइन्छ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    उक्त सुविधाको लागि सम्बन्धित यात्रुले आफ्नो सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क गर्नुपर्ने निगमले जनाएको छ ।


    images
    images

    Logo