images
images

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश


  • 302
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।  न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

    भुटानी शरणार्थी नेता रिजालको पक्षका कानुन व्यवसायीले मानव तस्करीमा ‘असहयोग’ गरेका कारण रिजाललाई फसाइएको तर्क गरेका थिए । नक्कली शरणार्थीका नाममा भइरहेको मानव तस्करी तहको किर्तेबारे अवगत गराउने नेतालाई नै ‘असहयोगी’ व्यवहार गरिएको उनका कानुन व्यवसायीको दलिल थियो ।

    काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिए पनि फैसला शुक्रबार मात्रै आएको हो ।


    images
    images

    Logo