images
images

राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर २४ देखि दल दर्ता


  • 288
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर २४ देखि दल दर्ता

    काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले बिहीबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । 

    आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म समय तोकिएको छ। पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी स्वीकृत दलको नामावली पुस ४ गते नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइनेछ। 

    पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गर्ने र सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ । पुस २० गतेदेखि पुस २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ। आयोगले उम्मेदवारको मनोनयनका लागि मिति तोकिसकेको छैन।

    साथै माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्‍म मतदान गर्ने समय आयोगले तोकिसकेको छ। माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ। उक्त पद रिक्त हुनु ३५ दिन अघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ। 

     


    images
    images

    Logo