काठमाडौं । नेपालमा पछिल्लो अंग्रेजी महिना (नोभेम्बर)मा १ लाख ८ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार नोभेम्बर महिनामा मात्रै १ लाख ८ हजार ६३० विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका हुन् । गत वर्षको सोही महिनामा ७२ हजार पर्यटक नेपाल आएका थिए ।
सन् २०२३ को ११ महिना सकिँदै गर्दा ९ लाख १८ हजार ३०८ पर्यटकले नेपाल भ्रमण गरिसकेको बोर्डले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, सो महिनामा नेपाल भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटक भारतका रहेका छन् । सो महिनामा उक्त देशबाट २४ हजार ५०० हाराहरी पर्यटक आएको बोर्डले उल्लेख गरेको छ । त्यस्तै, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार पर्यटक नेपाल आएका छन् । यस्तै, नेपाल भ्रमणमा आउनेमा थाइल्याण्ड, बंगलादेश, जर्मनी, श्रीलंका, फ्रान्स नागरिक पनि छन् ।



