images
images

तीन वर्षमा सिटीहल निर्माण ५५ प्रतिशत मात्र


  • 408
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    तीन वर्षमा सिटीहल निर्माण ५५ प्रतिशत मात्र

    भरतपुर । चितवनमा निर्माणाधीन सिटीहलको ५५ प्रतिशत काम सम्पन्न भएको छ । निर्माण सुरु भएको तीन वर्षसम्ममा ५५ प्रतिशत मात्र काम भएको हो । 

    सिटी हलको पहिलोपटक थपिएको म्याद आगामी फागुन मसान्तमा सकिँदै छ । निर्माण २७ महिनामा सक्ने गरी निर्माणको जिम्मा इन्डो–सगुन–रौताहा जेभीले पाएको थियो । निर्माण कम्पनीले कोरोनालगायतका कारणले काममा ढिलाइ भएको जनाएको छ । 

    सिटीहलको मुख्य संरचनाको ट्रसका लागि फलामे पाइप भारतबाट आइसकेकाले अब निर्माणले गति लिने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले बताएका छन् । उनका अनुसार तीन महिनाअगाडि भारतबाट मगाइएको ट्रसका लागि फलामे पाइप मंगलबारमात्रै यहाँ आइपुगेको हो । 

    ट्रस हाल्न करिब तीन महिना लाग्ने थापाले बताएका छन् । ‘ट्रसका लागि भारतबाट मगाइएको पाइप आइपुगेको छ’, उनले भने, ‘केही आउने क्रममा छ । पाइपमाथि जोडिने पाता नेपालमै उत्पादन हुन्छ । अब धमाधम काम हुन्छ ।’ 

    भरतपुर महानगरपालिका–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि  चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण हुँदैछ । सिटी हलमा दुई हजार मानिस अट्न सक्ने क्षमताको मुख्य हल र तीन सय मानिस अट्ने क्षमताको अर्को हल हुनेछ । 

    हलको निर्माण लागत ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रपैयाँ रहेको आयोजनाका प्रमुख थापाले जानकारी दिए। उनका अनुसार हलमा पर्याप्त पार्किङको व्यवस्था गरिने छ । सिटी हल बनेपछि भरतपुरमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुने जनाइएको छ । सिटी हलको २०७७ साल माघ १७ गते शिलान्यास गरिएको थियो ।

     


    images
    images

    Logo