images
images

बैंकहरुले धेरै ब्याजदर लिएको भए उजुरी गर्नुस्, फिर्ता गराउँछौँ : गभर्नर अधिकारी 


  • 787
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    बैंकहरुले धेरै ब्याजदर लिएको भए उजुरी गर्नुस्, फिर्ता गराउँछौँ : गभर्नर अधिकारी 

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले बढी ब्याज अलिएको भएर उजुरी लिएर आउन आह्वान गरेका छन् । बैंकहरुले बढी ब्याज लिएको हल्ला चलाइएको भन्दै यदि त्यस्तो समस्यामा कोही परेको भए राष्ट्र बैंकमा उजुरी गर्न उनले आग्रह गरेका हुन् ।

    शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘ऋण तिर्ने योजना बनाउन नसक्दा केही व्यवसायी समस्यामा परेका छन् । यो समस्या राज्यले लिएको नीतिको कारण भएको होइन । व्यवसायीको योजना नहुनु पनि हो । यदि बैंकहरुले बढी व्याज लिएको भए स्टेटमेण्ट लिएर आउनुहोला ।’

    गर्भनर अधिकारीले देखिएको आर्थिक शिथिलता र कसिलो प्रावधानको कारण बैंकहरूको खराब कर्जा बढे पनि यसलाई ठूलो समस्याका रुपमा लिन नहुने उल्लेख गरे । उनले घरजग्गाको कारोबार सुधार भइरहेको, पर्यटन आगमन कोभिड पूर्वको अवस्थामा रहेकाले आत्तिनु नपर्ने छ ।


    images
    images

    Logo