images
images

सडक बत्तीको पैसा मागेपछि प्राधिकरणसँग विराटनगर महानगरले माग्यो पोलको भाडा र सम्पत्ति कर


  • 471
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    सडक बत्तीको पैसा मागेपछि प्राधिकरणसँग विराटनगर महानगरले माग्यो पोलको भाडा र सम्पत्ति कर

    काठमाडौं । विराटनगर महानगरले विद्युत् प्राधिकरणसँग बिजुलीको खम्बाको भाडा र सम्पत्ति कर मागेको छ । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रलाई पत्र लेख्दै महानगरले विद्युतीय खम्बा र सम्पत्ति कर तिर्न अनुरोध गरेको हो । 

    प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बिहीबार प्राधिकरणलाई पठाएको पत्रमा सम्पत्ति कर ३ करोड ८१ लाख ८५ हजार ७३३ रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख छ । महानगरमा २३ हजार १५१ वटा बिजुलीका पोल छन् । महानगरले ती पोलको सात वर्षको ६ करोड १९ लाख २८ हजार ९२५ रुपैयाँ भाडा बुझाउन ताकेता गरेको हो ।

    महानगले प्राधिकरणसँग बिजुलीको पोलको भाडा र इन्टरनेट सेवा प्रदायकलाई दिएबापत भएको आम्दानीको १० प्रतिशत बहाल कर तिर्न पनि ताकेता गरेको छ ।

    प्राधिकरणले सडक बत्तीको भाडा तिर्न महानगरलाई ताकेता गरेपछि महानगरले प्राधिकरणलाई पनि सम्पत्ति कर र पोल भाडा तिर्न ताकेता गरेको बुझिएको छ ।

    प्राधिकरणका अनुसार महानगरले सडक बत्तीको मात्रै ८ करोड ६६ लाख ८ हजार ७ सय ७ रुपैयाँ तिर्न बाँकी छ । उक्त बक्यौता तिर्नका लागि प्राधिकरणले असोज २१ गते गारखापत्रमा ४५ दिने सूचनासमेत निकालेको थियो ।


    images
    images

    Logo