images
images

९ हजार भूकम्पपीडितले पाए २२ करोड रुपैयाँ


  • 294
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    ९ हजार भूकम्पपीडितले पाए २२ करोड रुपैयाँ

    काठमाडौं । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये ८ हजार ८ सय ३९ परिवारका लागि २२ करोड ९ लाख ७५ हजार रुपैयाँ रकम निकासा गरिएको छ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार ९ सय ९७ लाभग्राही प्रमाणित भएका छन् । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको प्रक्रिया अघि बढिसकेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले राससलाई जानकारी दिए ।

    पछिल्लो समयमा रकम निकासालाई तीव्रता दिएको सरकारले लाभग्राही प्रमाणित गर्ने प्रक्रिया जारी रहेको र प्रमाणित भएकाका लागि तत्काल रकम निकासा गरिरहेको छ । प्रवक्ता खड्काका अनुसार बुधबारसम्म  २ करोड ५३ लाख रुपैयाँ निकासा गरिएकोमा बिहीबार थप रकम निकासा भएको हो । 

    प्राधिकरणबाट प्राप्त विवरणअनुसार बझाङका ४ सय ९० लाभग्राहीमध्ये एक सय १२ परिवारका लागि  २८ लाख रुपैयाँ, रुकुम पश्चिमका ८ हजार ५ ८५ लाभग्राहीका लागि २१ करोड ४६ लाख २५ हजार रुपैयाँ र बाजुराका १हजार ४ सय ३७ लाभग्राहीमध्ये १ सय ४२ लाभग्राहीका लागि पहिलो किस्ताबापतको ३५ लाख ५० हजार रुपैयाँ रकम निकासा गरिएको हो । 

    सल्यानमा कायम भएका १ हजार १ सय ८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी रहेको छ । कायम भएका लाभग्राहीका लागि छिट्टै र कायम हुन बाँकी रहेका लाभग्राहीका लागि कायम गरिसकेपछि द्रुत गतिमा वितरण हुने पनि प्रवक्ता खड्काले जानकारी दिए ।


    images
    images

    Logo