images
images

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु


  • 319
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

    गोदावरी । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्र गर्न थालिएको हो । गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको उक्त सडक चालु आर्थिक बर्षमा अगाडि बढेको उनले बताए।

    द्रुतमार्गको २३ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किमी सडक कालोपत्रका लागि सम्झौता भएको थियो । 

    कैलालीमा थप साढे ६ किलोमिटर र डोटीतर्फ १५ किलोमिटर कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । चार खण्डमा कालोपत्रको काम हुने रावलले जानकारी दिए । उनका अनुसार डोटीतर्फ ६ किलोमिटर कालोपत्र गरिएको छ । 

    डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा कालोपत्रको काम अघि बढेको रावलको भनाइ थियो । उनका अनुसार द्रुतमार्गको ४३.८ किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएकामा झण्डै ७० प्रतिशतमात्र काम पूरा भएको छ ।

    धनगढी खण्डअन्तर्गत पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलमव चार किमी कालोपत्र गर्नका लागि भ्याटबाहेक १६ करोड ४० लाख रुपैयाँमा ठेक्का भएको थियो । दिपायल खण्डमा निर्माण कम्पनी काम गरिरहेको छ । 

    दुई वर्षअघि ठेक्का सम्झौता गरिए पनि बजेट अभावले सडक निर्माण अलपत्र परेकामा चालु आथिृक बर्षमा सङ्घीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि कामले निरन्तरता पाएको आयोजना कार्यालयले  जनाएको छ । 

    २०६४ सालमा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गबाट धनगढीसम्मको १० किलोमिटर पनि थपेर ९२ किलोमिटर काम भइरहेको जनाइएको छ ।


    images
    images

    Logo