images
images

काठमाडौंमा पालिने कुकुरको शरिरमा अनिवार्य रुपमा चिप्स जोड्नुपर्ने


  • 328
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    काठमाडौंमा पालिने कुकुरको शरिरमा अनिवार्य रुपमा चिप्स जोड्नुपर्ने

    काठमाडौं । काठमाडौंमा पालिने कुकुर र बिरालोको शरिरमा अनिवार्य रुपमा चिप्स जडान गर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले कुकुरबारे जानकारी लिन कुकुर र बिरालोको कानमा यस्तो चिप्स राख्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

    महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यसबाट कुकुर र बिरालोको संख्या एकीन भइ व्यवस्थापनमा सहयोग पुग्ने बताए । महानगरपालिकाले २ महिनाभित्र ३४६९ वटा कुकुरको बन्ध्याकरण र ५३२० कुकुर र बिरालोलाई रेबिज विरुद्वको खोप दिएको जनाएको छ । मंसिर मसान्तभित्र सबै कुकुर र बिरालोमा बन्ध्याकरण र खोप लाइसक्ने महानगरले जनाएको छ ।

     


    images
    images

    Logo