images
images

दुबई जान लागेका ३१ यात्रु छुटेपछि नेपाल एयरलाइन्सले माग्यो क्षमा


  • 281
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    दुबई  जान लागेका ३१ यात्रु छुटेपछि नेपाल एयरलाइन्सले माग्यो क्षमा

    काठमाडौं ।  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले टिकट काटिसकेका ३१ जना यात्रुहरुलाई नचढाई दुबई उडेको विषयमा क्षमा मागेको छ । साथै यसबारे आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका वाणिज्य विभाग प्रमुखलाई निर्देशन समेत दिएको छ ।

    नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ जहाजले बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा सोही उडानमा टिकट काटेका ३१ जना यात्रुलाई काठमाडौंमै छाडेर दुबई उडेको थियाे । 

    बिहीबार दिउँसो नेपाल एयरलाइन्सले विज्ञप्ति जारी गरी यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै ती सबै यात्रुहरुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जनाएकाे छ ।यस्तै निगमले यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनिकरण गर्न के के गरियो, जिम्मेवारी निर्वाह भयो भएन भनी आन्तरिक रुपमा छानविन गरि सम्बन्धीतलाई आवश्यक कारवाही गर्न निगमका अध्यक्ष युबराज अधिकारीले वाणिज्य विभाग प्रमुखलाई विशेष निर्देशन दिएको बताईएको छ ।

    जलवायु परिवर्तन सम्बन्धी कार्यक्रममा भाग लिनका लागि दुबई जान लागेका प्रधानमन्त्री प्रचण्डका लागि नेपाल वायुसेवा निगमले राति साढे ११ बजेको फ्लाईटलाई समय सारेर साढे ९ बजे पुर्याएको थियो । साेहि क्रममा सो यात्रु छुटेका हुन् । 

     

    Notice-2.jpg

     

     

     

     

     

     


    images
    images

    Logo