images
images

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरु हुँदै


  • 288
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरु हुँदै

    काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२३ आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा मेला सुरु हुन लागेको हो ।

    मेलामा २ सय १० वटा स्टलमार्फत स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने महासंघले जनाएको छ । महासंघका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ वटा स्टल रहने छन् ।

    मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डलबीच कृषि, जडीबूटी, औषधि, हस्तकलाका वस्तुका विषयमा वृहत छलफल हुनेछ ।

    महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापार मेलाले पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा रहेको बताए ।

    व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने एक माध्यम बन्दै गएको उनको भनाइ छ । कोभिड–१९ का कारण केही वर्ष व्यापार मेला रोकिएको थियो । मेला मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।


    images
    images

    Logo