काठमाडौं । प्रहरीले पर्सा जिल्लामा लगाइएको गाँजाखेती फँडानी तथा नष्ट गरेको छ । प्रहरीले दश कट्ठा जग्गामा लगाइएको ८ हजार गाँजाको बोट फँडानी तथा नष्ट गरेको हो ।
पर्साको ठोरी गाउँपालिका वडा नं.३ र ४ स्थित दश कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता डिसपी कुमारविक्रम थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक संतोष राईको कमाण्डमा खटी गएको टोलीले उक्त गाँजा खेती फँडानी तथा नष्ट गरेको हो ।