काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।