images
images

आयल निगम अब ऋणमुक्त


  • 365
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    आयल निगम अब ऋणमुक्त

    काठमाडौं । झण्डै तीन वर्षदेखि ऋणमा रहेको नेपाल आयल निगम ऋणमुक्त बनेको छ । इन्धनको आपूर्ति सहज बनाउन सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेसँगै निगम ऋणमुक्त बनेको हो ।

    २०७७ सालदेखि घाटामा जान थालेको निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ यसअघि नै निगमले चुक्ता गरिसकेको छ ।

    नेपाल सरकारलाई अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुधबार बुझाएसँगै निगम ऋण मुक्त भएको हो ।


    images
    images

    Logo