images
images

भुकम्पपीडितको घर बनाइदिन मोहन आचार्यको टोली जाजरकोट प्रस्थान


  • 1.9K
    SHARES
  • २०८० मंसिर १३ गते बुधबार

    भुकम्पपीडितको घर बनाइदिन मोहन आचार्यको टोली जाजरकोट प्रस्थान

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत सामाग्री सहित  जाजरकोट तर्फ प्रस्थान गरेका छन्। केन्द्रीय सदस्य एवं संघीय सांसद ईन्जिनियर मोहन आचार्य नेतृत्वको टोलीले भुकम्प प्रभावित क्षेत्र  जाजरकोटमा राहत सामाग्री वितरण गर्नुका साथै घरटहरा निर्माण गर्न स्थानियलाई सधाउने छ।

    नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी घर–टहरा बनाउन पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको थियो। कांग्रेसले पहिलो चरणमा एक हजार अस्थायी घर–टहरा बनाउने छ। यसका लागि कांग्रेसका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूलाई परिचालन गरिने कांग्रेसले जनाएको छ।

    एउटा समूहमा १० जना रहने गरी काँग्रेसले २५ समूह बनाएको छ। प्रत्येक समूहमा कम्तीमा एकजना निर्माणसम्बन्धी विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने व्यवस्था काँग्रेसले गरेको छ।

    यस्तो छ श्रमदानसम्बन्धी कांग्रेसको कार्यविधि :

    Untitled.jpg


    images
    images

    Logo