images
images

कोशी प्रदेशको बजेट सर्वसम्मत पारित


  • 317
    SHARES
  • २०८० मंसिर १३ गते बुधबार

    कोशी प्रदेशको बजेट सर्वसम्मत पारित

    काठमाडौं । कोशी प्रदेशमा चालु आर्थिक वर्ष शुरू भएको झण्डै चार महिनापछि बजेट पारित भएको छ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक बुधवार बसेको प्रदेशसभाको बैठकबाट सर्वसम्मत पारित भएको हो ।

    मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरेका थिए । मंसिर ९ गते ५० करोड थप गर्दै उनले बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । 

    यसअघि उक्त विधेयकमा असहमति राख्दै नेकपा (एमाले)का ६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए । 


    images
    images

    Logo