images
images

एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय 


  • 411
    SHARES
  • २०८० मंसिर १३ गते बुधबार

    एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय 

    काठमाडौं । मलेसियाको आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।  एक्जियटाको संचालक समितिको बैठकले एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।

    नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताईएको छ। एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

    ७ वर्ष अगाडी एक्जियटाले टेलियासोनेराबाट एनसेलको स्वामित्व किनेको थियो। त्यसपछि पुंजीगत लाभकर विवाद हुँदा कम्पनीले अर्वौ कर समेत नेपाल सरकारलाई तिरेको थियो । एनसेलमा मलेसियाको एक्जियटाको  ८० प्रतिशत सेयर स्वामित्व छ। उसले पुरै स्वामित्व बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।   

    आजियाटा समूहले नेपालको एनसेलका कारणले गर्दा नोक्सानी थपिँदै गएको भन्दै एनसेलमा रहेको शेयर बिक्री गर्ने निर्णय बोर्डले गरेको छ। एनसेलको शेयर बेच्ने निर्णयले आजियाटा थप मजबुत हुने बोर्डले निष्कर्ष निकालेको छ।

     


    images
    images

    Logo