काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाला सुनको मल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै बुधबार सुनको मुल्य १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।