काठमाडौं । ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिन्छु भनी सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले साउदलाई ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाको मुद्दा शाखाबाट आज नियन्त्रणमा लिएको हो ।
यसउपर थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।